आगोले छाला पोले तत्काल के गर्ने ?

२०८१ फागुन ०४ गते

आगोले छाला पोले तत्काल के गर्ने ?

काठमाडौ । प्रविधिको प्रयोग गर्न नजान्दा पोखरामा भएको बेलुन विष्फोटको घटनामा संघिय अर्थमन्त्री विष्णू पौडेल र पोखराका मेयर धनराज आचार्यको छाला जल्यो । उनीहरुको छाला ५/६ प्रतिशत जलेको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् । दुर्घटना भवितव्य हुने भएकाले आकस्मात यस्ता घटना भए कसरी उपचार गर्ने भन्ने बारेमा हामीले जानकारी दिन खोजेका छौ ।

आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने त ?

Advertisement:

Ad
Ad

१ सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ । २ तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ । ३ पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन । ४ गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ । ५ पोलाइ गहिराई छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । अस्पताल नै जानुपर्छ ।

जलनको प्राथमिक उपचार के हुन्छ ?

१ सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ । २ छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ । ३ तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ । ४ आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने संभावना बढ्छ । ५ पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ । पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के–के छन् रु १ सतहमा रातो मात्र भएको छ की पानीको फोका नै आएको छ भनेर हेर्नुपर्छ । २ पोलाइको गहिराई जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ । ३ पानीको फोका आएर छालाको एक तह गयो भने संक्रमण हुने संभावना हुन्छ । ४ पोलेको गहिराई र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।