कुलिङ पिरियड प्रकरण :  रामहरि खतिवडाले दिए राजीनामा

२०८२ साउन २७ गते

कुलिङ पिरियड प्रकरण :  रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले पदबाट राजीनामा दिएका हुन्।  

 

Advertisement:

Ad
Ad

'विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो' उनले भने। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्थामा चलखेल गरी निष्प्रभावी हुने भाषा घुसाएपछि उनको आलोचना भएको थियो। 

 

यस विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेर साउन २० गते खतिवडा सहितलाई जिम्मेवार ठहर गरेको थियो।  

 

खतिवडाले विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको  र यस्ता त्रुटि अब अन्तिम हुने भन्दै विशिष्ट श्रेणीका कर्मचारीबाट विधयेक लेख्ने क्रममा चलखेल भएको हुन सक्ने धारणा व्यक्त गरे ।