२०८२ असार ०४ गते
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा आदेश दिएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको हो ।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहको नजिक भएर काम गरेका तत्कालिन एसपी पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
अदालतले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर छ । ‘यी निवेदक काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको वरिष्ट नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेकोमा निजको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रवबन्ध गर्ने समेत रहेको देखिन्छ । साथै यी निवेदक सहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो वमोजिमको आदेश र निर्देशन पालना गर्न प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिदैन । सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाचवुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन ।’, आदेशमा भनिएको छ ।
प्रतिक्रिया