नेप्सेमा एकल अङ्कको वृद्धि, कारोबार रकममा भने गिरावट

२०८२ असार १६ गते

नेप्सेमा एकल अङ्कको वृद्धि, कारोबार रकममा भने गिरावट

काठमाडौँ।  साताको दोस्रो कारोबार दिन शेयर बजारमा एकल अंकको वृद्धि भएको छ।  आज शेयर बजार ९.१९ अंकले बढेर २६३१.४१ बिन्दुमा पुगेको छ। यस दिन १ करोड कित्ता खरिद विक्री हुँदा ६ अर्ब २७ करोड बराबर रकमको कारोबार भएको छ।  

सोमबार नेप्सेका १३ उपसमूह मध्य ११ उपसमूहका परिसूचक बढेका छन् भने अन्य दुई उपसमूहको परिसूचक घटेका छन्। आज सर्वाधिक बढ्ने उपसमूहमा उतपादन तथा प्रसोधन उपसमुक रह्यो जसको परिसूचक १.६१ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा अन्य उपसमूह रहेको छ जसको परिसूचक ०.२१ प्रतिशतले घटेको छ। 

Advertisement:

Ad
Ad

यस दिन १४५ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ। सोमबार कारोबार रकमको आधारमा सर्वाधिक कारोबार हुनेमा साहस उर्जा रह्यो ३६ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। त्यस्तै शेयर भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिंगटी हाइड्रोपावर रह्यो जसको ७ लाख १५ हजार कित्ता आज कारोबार भएको छ।