गभर्नर नियुक्तिको हल्लासँगै शेयर बजारमा हरियाली, नेप्से परिसूचकमा भारी अङ्कको वृद्धि

२०८२ जेठ ०६ गते

गभर्नर नियुक्तिको हल्लासँगै शेयर बजारमा हरियाली, नेप्से परिसूचकमा भारी अङ्कको वृद्धि

काठमाडौं । गभर्नरको नियुक्तिको हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ। विशेस सुत्रको अनुसार डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएकाे छ मंगलबार नेप्सेमा ४९ दशमलव ०९ अंकको वृद्धि भएसँगै बजार २६ सय ७७ दशमलव ४५ को बिन्दुमा कायम भएको छ ।

 

Advertisement:

Ad
Ad

आज २२९ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।आज नेप्सेमा ३१० कम्पनीले ७ अर्ब ३१ करोड भन्दा माथिको कारोबार गर्दा १ करोड ६८ लाख ८ हजार कित्ता शेयर किनबेच गरेको छ ।

 

आज सबैभन्दा बढि कमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक र ओम मेगाश्री कम्पनी रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरुले आज १० प्रतिशका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा बढि गुमाउने कम्पनीमा बाराही हाइड्रोपावर रहेको छजसको शेयरमा ७.३० प्रतिशतको गिरावट आएको छ ।


कारोबार रकमको हिसाबले आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज राधिले ४१ करोड ८० लाख बराबरको कारोबार गरेको छ । त्यस्तै भोल्युमको आधारमा आज सर्वाधिक कारोबार गर्नेमा प्रभु सेलेक्ट फण्ड रह्यो जसको १४ लाख ७२ हजार ३ सय कित्ता शेयर कारोबार भएको छ।