तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार?

२०८२ जेठ ०२ गते

तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ ।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

 

गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।