शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल

२०८२ असार १६ गते

शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल

काठमाडौँ। शिक्षा विधेयक पासगर्ने दबाबमा मन्त्री पन्त, कांग्रेस कार्यालयमै पुगेर छलफल काठमाडौं ।  शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । 
 

सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् ।  शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा समितिमा आजपनि विधेयकमा सहमति नजुटेपछि उनी संवादको लागि सानेपा पुगे । 

Advertisement:

Ad
Ad

उनी केहीबेरमा नै संवाद सकेर समितिको बैठकमा पुन सहभागी भएका छन् । यता नेपाल शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिइरहेको छ ।