२०८२ असार ०५ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगगञ्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् ।
बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषद्मा तान्ने निर्णय गरेको हो ।न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।
आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाको चौतफी आलोचना भइरहेको छ । उनीहरुलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी पनि परेको थियो ।
उजुरीमा फैसला सुनाउँदा जिल्ला अदालतले औँल्याएका आधार र प्रमाणको बेवास्ता गरेको आरोप लगाइएको थियो । उनीहरुलाई निलम्बन गरी कारवाही बढाउनुपर्ने माग उजुरीमा उल्लेख थियो ।
प्रतिक्रिया