५३.६३ अंकले घटेर बन्द भयो शेयर बजार ,कारोबार रकम पनि घट्यो

२०८१ भदौ १६ गते

५३.६३ अंकले घटेर बन्द भयो शेयर बजार ,कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार .९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । आजको कारोबारमा ३२ कम्पनीको बजार मूल्य बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ ।

आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ । बजार गएको सातापनि घटेको थियो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज १० अर्ब ५ करोड १७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बजारसँगै कारोबार रकम घट्नुलाई लगानीकर्ताले कम दरमा सेयर बिक्री गर्न नचाहेको बुझ्न सकिने जानकारहरुले बताएका छन् ।

Advertisement:

Ad
Ad