२०८१ कात्तिक ०६ गते
काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले रेग्मी मिडिया इंक प्रालि सिद्धार्थनगर भैरहवा, सी.डाटा कम्युनिकेसन प्रालि विरगंज र लाइफ नेट प्रालि वीरेन्द्रनगरको लाइसेन्स खारेज गरेको हो । प्राधिकरणले तोकिएको शर्त पालना नगरेको र समयमा नै नवीकरण नगरेको भन्दै ती कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ ।
सी.डाटा कम्युनिकेसन र लाइफ नेटको लाइसेन्स सोमबार खारेज गरिएको हो भने मंगलबार इमेल सहितको सेवा प्रदान गर्ने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स खारेज भएको हो । सो कम्पनीले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाएको थियो । यी कम्पनीहरुले तीर्न बुझाउँन बाँकी रहेको रकम ३० दिनभित्र बुझाउँन पनि प्राधिकरणले निर्देशन दिएको छ । यी सेवाप्रदायकलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारवाही सहित लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया