१९ जना सवार शौर्यको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव भेटियो,बाँकी को हुन् ?

२०८१ साउन ०९ गते

१९ जना सवार शौर्यको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव भेटियो,बाँकी को हुन् ?

काठमाडौं । काठमाडौँबाट पोखराका लागि उड्दै गरेको सौर्य एयरको जहाज उड्नासाथ दाहिनेपट्टि धेरै मोडिँदा दुर्घटनामा परेको नेपाल नागरिक उड्ययन कार्यालयले प्रष्ट्याएको छ । सीआर जे सेभेन नम्वरको जहाज बुधबार बिहान ११ बजर ११ मिनेट जाँदा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर धेरै मोडिदा चिप्लएर रनवेको पूर्वतिर रहेको स्थामा बज्रिन पुगेको थियो ।

बज्रिएको विमानमा लागेको आगो निभाउन लगत्तै विमानस्थलमा तैनाथ सुर्क्षाकर्मी त्यसतर्फ पुगेका थिए । सुरक्षाकर्मीहरुले तत्कालै पानीको फोहोराले आगो निभाउँदै उद्दारमा खटिएका थिए । सुरक्षाकर्मीहरुले जहाजमा रहेका १८ जनाको शव निकालका थिए भने १ जना चालक एमआर शाक्यलाई जिवितै उद्दार गरेका थिए ।

Advertisement:

Ad
Ad

जीवित उद्धार गरिएका पाइलट र दिवङ्गत सबै १८ जना शौर्य एयरलाइन्सका स्टाफ रहेको एयरलाइन्सले जनाएको छ । यता नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने दुर्घटनाग्रस्त स्थलबाट २२ जनाको शव फेला परेको जानकारी दिएका छन् ।

यात्रु सूचीमा १७ जना र चालक दलका दुई सदस्य गरी १९ जना सवार थिए । तर, दुर्घटना स्थलमा २२ जनाको शव फेला परेको उनको भनाइ छ । विमानका चालक मनिष शाक्यलाई अस्पताल लगिएको छ । यात्रु सूचीमा रहेका बाहेक बाँकी को हुन् भन्नेबारे खोजी भइरहेको छ ।

सडक नजिक भएको र विमानस्थलमा निर्माणको काम पनि भइरहेकाले त्यससँग सम्बन्धित कोही भएको हुन सक्ने आशंका गरिएको छ ।