१ सय २६ जना चिनियाँ टोलीलाई लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरामा अवतरण

२०८१ पुस ११ गते

१ सय २६ जना चिनियाँ टोलीलाई लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरामा अवतरण

काठमाडौँ । १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर चार्टर्ड विमान सिचुवान एयरलाइन्सको जहाज आज बिहीबार पोखरामा अवतरण भएको छ । पोखरामा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन चिनियाँ टोली विमान चार्टर गरेर शुक्रबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।

फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर चीनको छेङ्दुबाट विमान आएको हो । पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो ।

Advertisement:

Ad
Ad

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको दुई वर्ष पूरा हुँदै गर्दा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।यस्तो समयमा चीनबाट गरिएको यो चार्टर उडानबाट आशा जगाउने काम भएको छ । सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।