उपकुलपति अर्यालसहित त्रिवि पदाधिकारीको सामूहिक राजीनामा

२०८३ वैशाख १७ गते

उपकुलपति अर्यालसहित त्रिवि पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि पद त्याग गरेका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज वातावरण मिलोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

 

Advertisement:

Ad
Ad

हालै सिफारिस गरिएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान समेटिएको र सत्तारुढ दलका केही नेताबाट पनि त्यस्तै संकेत देखिएपछि बिहीबार कुलपति बालेन्द्र शाहसमक्ष राजीनामा बुझाइएको जनाइएको छ। केसी र रिजाल पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा मेरिटका आधारमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओलीको कार्यकालमा योग्यता कै आधारमा चयन भएका थिए।