ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा मारिए बालबालिका

२०८२ कात्तिक ०६ गते

ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा मारिए बालबालिका

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ड्रोन तथा क्षेप्यास्त्र हमलामा कम्तीमा सातजनाको ज्यान गएको र त्यसमा दुईजना बालबालिका रहेका बताएका छन्।युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा साना बालबालिका पढ्ने किन्डरगार्टेनमा हमला भएको र किएभमा पनि ब्यापक क्षति भएको जेलेन्स्कीले बताएका हुन्। उनले निरन्तरको युद्धले मस्कोमाथि पर्याप्त दबाव नपरेको भन्ने पुष्टि भएको बताएका छन्। बालबालिकासहित कम्तीमा २७ जना घाइते भएका बताइएको छ।

 

Advertisement:

Ad
Ad

केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुन लागेको शिखर बैठकको योजना स्थगित भएको बताएका थिए। उनले ूव्यर्थको बैठकू नचाहेको बताएका छन्।यद्यपि रुसी अधिकारीहरूले बुधवार ट्रम्प पुटिनको सम्मेलनको तयारी जारी रहेको बताएका थिए। तर अमेरिकी राष्ट्रपतिले भने त्यसलाई स्थगित गरिएको बताएका थिए।

 

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मितिमा सहमति हुन बाँकी रहेको र सावधानीपूर्वक तयारीको आवश्यकता रहेको बताएका छन्।उनले शिखर बैठक दुवै राष्ट्रपतिको पारस्परिक चाहनाु भएको र यससँग सम्बन्धित अधिकांश अफवाह असत्य भएको बताए।

 

क्रेम्लिनले ट्रम्प र युरोपेली नेताहरूले अहिले तय गरेको अग्रमोर्चामा युद्धविरामका लागि गरेको आह्वानलाई अस्वीकार गरेको छ।