आजदेखि नयाँ सेवा सुरु गर्दै नेपाल टेलिकम,मासिक प्याकेजदेखि सब्स्क्राइब गर्न नपर्ने योजनासम्म

२०८३ असार १४ गते

आजदेखि नयाँ सेवा सुरु गर्दै नेपाल टेलिकम,मासिक प्याकेजदेखि सब्स्क्राइब गर्न नपर्ने योजनासम्म

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् ।

 

Advertisement:

Ad
Ad

शनिबार सामाजिक संजालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।  एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय सब्स्क्राइब गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए । 

 

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।