सुनको मूल्य ह्वात्तै घट्यो, कति पुग्यो ?

२०८२ कात्तिक ०९ गते

सुनको मूल्य ह्वात्तै घट्यो, कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

तिहारको सार्वजनिक बिदा हुनुअघिको कारोबार दिन कात्तिक ३ गते तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज बिदापछिको पहिलो कारोबार दिन घटेको हो ।

Advertisement:

Ad
Ad


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० तोकिएको छ । यसहिसाबमा ११ हजार ६ सय रुपैयाँ तोलाले सुनको मूल्य घटेको हो ।


यसअघि तोलाको ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा ३०१५ रुपैयाँ तोकिएको छ ।