२०८२ कात्तिक ११ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ती उपचारका लागि सिंगापुर उँडेका छन् । विमानस्थलमा उनीहरु दुवै जना पहिलोपटक भिभिआइपी कक्ष नभई सामान्य यात्रु सो सरह भई सर्वसाधारण आवतजावत गर्ने बाटो भएर हिँडेका थिए ।
जेनजी आन्दोलनबाट घाइते भएका देउवा पत्नि आरजु राणा देउवा सहित थप उपचारका लागि सिंगापुर उँडेका हुन् ।देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।
कुटपिटपछि सैनिक अस्पताल छाउनीमा दुवै जनाको उपचार भएको थियो । उपचार पछि स्वास्थ्य समस्यालाई देखाएर देउवाले पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी उपसभापति पूर्ण बहादुर खड्कालाई दिएका थिए ।
प्रतिक्रिया