एसईईको रिजल्ट आज साँझ आउँदै

२०८२ असार १३ गते

एसईईको रिजल्ट आज साँझ आउँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ पाँच बजेपछि नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

Advertisement:

Ad
Ad

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।