२०८२ असोज ३१ गते
काठमाडौँ । नायिका तथा मोडल रिमा विश्वकर्माले आफूलाई अहिलेसम्म प्रहरीबाट उजुरी परेको खवर प्रहरीबाट हालसम्म नआएको प्रष्टिकरण दिएकी छिन् । केही दिनअघि सञ्चार माध्यमले जेनजी आन्दोलन उक्साउन बालेनसँगै केही कलाकारहरुको संलग्नता रहेको भन्दै उनीहरुमाथि किटानी जाहेरी परेको समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचारप्रति सामाजिक सञ्जालमा आक्रोश पोख्दै रिमाले आफूमाथि अहिलेसम्म अनुसन्धानका नाममा प्रहरीबाट सोधपुछ त परको कुरा उजुरी परेको भन्ने खवर समेत नगरेको र गलत अफवाह नफैलाउन अनुरोध गरेकी छिन् । उनले गलत हल्ला फैलाएर आत्मरतिमा रमाउने पार्टीका अन्धभक्तहरुले गलत फैलाएको भन्दै त्यसका पछि कोही नलान समेत सञ्जालमा भनेकी छिन् ।
प्रतिक्रिया