एक सातादेखि वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेल मार्फत् गुनासोको सुनुवाइ गर्ने

२०८३ कात्तिक १० गते

एक सातादेखि वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले इमेल मार्फत् गुनासोको सुनुवाइ गर्ने

नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ। 

वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको  राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो। 

Advertisement:

Ad

वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले विगत एक सातादेखि वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।