२०८३ कात्तिक १३ गते
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले संस्थापक सेयरधनीको हिस्सा घटाएर सर्वसाधारण सेयरधनीको स्वामित्व बढाउन लागेको हो।
हाल कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा १५.३३ प्रतिशत छ। प्रस्तावित संरचनाअनुसार संस्थापक समूहको हिस्सा घटेर ७६.२०३० प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको स्वामित्व बढेर २३.७९७० प्रतिशत पुग्नेछ।
कम्पनीका अनुसार सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको छ। उक्त प्रस्तावलाई २०८२ चैत १२ गते सम्पन्न विशेष साधारण सभाले समेत अनुमोदन गरेको थियो।
संरचना परिवर्तनपछि कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा ८.४६७ प्रतिशत विन्दुले बढ्नेछ।
प्रतिक्रिया