घट्यो पेट्रोलको मूल्य, बढ्यो ग्याँसको मूल्य, कति पुग्यो ?

२०८३ वैशाख १८ गते

घट्यो पेट्रोलको मूल्य, बढ्यो ग्याँसको मूल्य, कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

 

Advertisement:

Ad
Ad

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।

 

त्यसैगरी खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

 

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।