लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण आज सरकारी अस्पतालमा ओपिडी सेवा दिन निर्देशन

२०८३ वैशाख १८ गते

लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण आज सरकारी अस्पतालमा ओपिडी सेवा दिन निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

Advertisement:

Ad
Ad

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।