२०८२ चैत २४ गते
काठमाडौँ। मंगलबार नेप्से परिसूचक हल्का गिरावटसहित बन्द भएको छ। अघिल्लो दिन सोमबार ८३ अंकले उकालो लागेको बजार, यस दिन भने सामान्य करेक्सनमा गएको हो। यस दिन नेप्से २.६१ अंक घट्दै २७५७.४० विन्दुमा झर्यो ।
कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोडको कारोबार भएको बजारमा मंगलबार ३४५ स्टकको ८१ हजार ५८२ कारोबारबाट ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको १ करोड ७४ लाख कित्ता शेयर किनबेच भयो। बजार सामान्य घटे पनि ६ कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ। भुजुङ्ग, सुपर खुदी, श्वेतगंगा, रिज लाइन, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनका शेयर उच्च सीमामा पुगेका हुन्। साथै, त्रिशुली जलविद्युतको मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
घट्नेमा भने एनआईबिएल ग्रोथ फण्ड अग्रस्थानमा रह्यो, जसको मूल्य ७.०८ प्रतिशतले घट्यो। अन्य अधिकांश स्टकको गिरावट ४ प्रतिशतभित्र सीमित रह्यो।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षमा रह्यो, जसको २४ करोडभन्दा बढीको किनबेच भयो। रिलायन्स स्पिनिङ्ग मिल्स र आँखुखोला जलविद्युतमा पनि उच्च कारोबार देखियो। उपसमूहगत रूपमा १३ मध्ये ४ समूह बढ्दा ९ समूह घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक १.०८ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको छ। बैंकिङ, हाइड्रोपावर र अन्य समूहमा भने सामान्य सुधार देखिएको छ।
प्रतिक्रिया