२०८३ वैशाख १७ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य गिरावट देखिएको छ। अघिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको छ।
बजारसँगै कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन भने ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कम्पनीगत प्रदर्शनतर्फ श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयरमूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशतले बढेको छ।
यस्तै शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरका शेयरधनीहरूले करिब ८ प्रतिशतसम्मको लाभ कमाएका छन् भने अन्य कम्पनीहरूको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। उता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सबैभन्दा धेरै १०.३८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहगत रूपमा १३ मध्ये २ उपसमूहमा वृद्धि देखिँदा ११ उपसमूहमा गिरावट आएको छ। बैंकिङ्ग तथा उत्पादन–प्रशोधन उपसमूहमा सामान्य सुधार देखिए पनि अन्य उपसमूहहरूको गिरावटदर १ प्रतिशतभित्र सीमित रहेको छ।
प्रतिक्रिया