२०८२ मंसिर २३ गते
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आज मङ्सिर २२ गतेदेखि ९७१ बाट सुरु हुने मोबाइल नम्बर प्रदान गर्न सुरु गरेको छ । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणद्वारा गत जेठ १४ मा ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर प्रदान गर्न अनुमति प्रदान गरेको थियो ।
सोहि अनुसार आजबाट कम्पनीले नयाँ नम्बर रेन्ज ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीले मोबाइल नम्बर र प्रणालीमा आवद्ध भई उपभोक्तालाई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नम्बर रेञ्ज ९७१(ह्ह्ह्ह्ह्ह्ह् आफ्नो प्रणालीमा इन्टिग्रेट गर्न बाँकी रहेको खण्डमा यथाशिघ्र गर्न अनुरोध गरेको छ।
एनसेलले यस अघि ९८०, ९८१, ९८२, र ९७० बाट सुरु हुने नम्बर प्रदान गरिरहेको थियो । अब नयाँ नम्बर रेन्ज सुरु हुन लागेको हो । नयाँ नम्बरका साथ ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।
प्रतिक्रिया