भदौ ३ देखि ८ गतेसम्म नाडा अटो शो हुँदै, रोबोटिक चार पाङ्रे गाडी हेर्न सकिने

२०८२ साउन २० गते

भदौ ३ देखि ८ गतेसम्म नाडा अटो शो हुँदै, रोबोटिक चार पाङ्रे गाडी हेर्न सकिने

काठमाडौं । नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय भन्ने सोचका साथ 'नाडा अटो शो २०२५' आयोजना हुने भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा 'नाडा अटो शो २०२५'आयोजना हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् ।

आयोजकले यो शो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको दाबी गरेको छ । 'गो फर मोर' भन्ने नारासहित आयोजना हुने यस वर्षको अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण सरोकारवालाहरुलाई एकै छानामुनि ल्याउनेछ ।

Advertisement:

Ad
Ad

नाडा अटो शो २०२५ मा यस्ता नविनतम् प्रविधिहरु अवलोकन गर्न पाइनेछन् -

-रोबोट्स स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक स्वरूप उन्नत चारपांग्रे रोबोटहरू Deepal eVTOL UAV

यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू,भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक,१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू,४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू,३५ कम्पनीहरू ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू रहनेछन् । यी बाहेक १२५ भन्दा बढी प्रदर्शकहरू रहनेछन् । शोमा ११ लाखभन्दा बढी आगन्तुक उपस्थिती हुने आयोजकले अपेक्षा लिएका छन् । 

अवलोकनकर्ताहरुले अवलोकनका लागि टिकट प्रि बुकिङ गर्न खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।