मुग्लिन नारायणगढ सडकमा ७ वटा गाडी एकैपटक ठोक्किए, दर्जनौँ घाइते भएको आशंका

२०८२ कात्तिक ०१ गते

मुग्लिन नारायणगढ सडकमा ७ वटा गाडी एकैपटक ठोक्किए, दर्जनौँ घाइते भएको आशंका

काठमाडौँ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् ।

बिहान भएको दुर्घटनामा सात जना बढी घाइते भएका छन् ।अन्य घाइतेको नाम र अवस्था आउने क्रम जारी छ । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

Advertisement:

Ad
Ad

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।