बैंकक उडिन् मिस युनिभर्स नेपाल सान्या, मिस युनिभर्समा भाग लिने

२०८२ कात्तिक ०८ गते

बैंकक उडिन् मिस युनिभर्स नेपाल सान्या, मिस युनिभर्समा भाग लिने

काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्र्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।

नोभेम्बरमा थाइल्याण्डमा यस वर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाकक्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।
थाइल्याण्डले चौंथो पटकमिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो ।११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । साउदी अरेबियाले पहिलो पटक भाग लिँदैछ । नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ । 

Advertisement:

Ad
Ad


गत असोजमा ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्डफिनालेबाट सान्या बिजेता बनेसँगै २ लाख नगद सहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी थिइन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्ष यता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।