२०८२ कात्तिक ०१ गते
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले सरकारसँग प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको माग पुरा गर्न दवाब दिने बताएका छन् । बानेश्वरस्थित एक होटलमा आज पत्रकार सम्मेलन गर्दै ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पुरा गर्न गराउन छातीमा गोलि खान आफू तयार रहेको तर मागबाट पछि नहट्ने बताएका हुन् ।
उनले भने,'कसैले कल्पना नगरेको यो परिवर्तन सुनौलो अवसर हो, अर्को यस्तै आन्दोलन गर्दासम्म देशै नरहला भन्ने भैसकेको छ ,किनकि युवा नै बाँकी नरहलान् भन्ने छ । यो आन्दोलनमा ७८ जनाले रगत बगाएका छन्,त्यत्तिकै छाड्ने कुरा हुँदैन।' उनले आसन्न निर्वाचनमा धेरै भन्दा धेरैले मतदान गरुन् भन्ने हिसावले सरकारले व्यापक प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
विदेशमा बस्ने ८० लाख नेपालीलाई आगामी चुनावमा मतदानको व्यवस्था गर्न सरकारलाई दवाब दिने उनले बताएका छन् । कुल जनसंख्याको २६ प्रतिशत हुन आउने नेपालीहरु विदेशमा रहेकाले उनीहरुले भोट गर्न पाउने व्यवस्था नहुँदासम्म जेनजी आन्दोलनले चाहे अनुरुपको दल र व्यवस्था ल्याउन नसकिने जिकिर उनले गरेका हुन् ।
प्रतिक्रिया