मध्यपूर्वमा फसेकाहरुको उद्दारका लागि र्‍यापिड एक्सन टिम' गठन गर्ने सरकारको तयारी

२०८२ फागुन १७ गते

मध्यपूर्वमा फसेकाहरुको उद्दारका लागि र्‍यापिड एक्सन टिम' गठन गर्ने सरकारको तयारी

काठमाडौँ । मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि नेपाल सरकारले छलफल सुरू गरेको छ । मध्यमपूर्वमा रहेका नेपालीको सहयोगका लागि नेपाल सरकारले र्‍यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको आज परराष्ट्र मन्त्रालयले आयाजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।


विशेषगरी मध्यपूर्वमा विकसित घटनाक्रमपछि भिसा पाइसकेका तर जान नपाएका, ट्रान्जिटका क्रममा एयरपोर्टमा रहेका, भिसा लागेर पनि सम्बन्धित देशका लागि हिडिसकेका तर गन्तव्यमा नपुगेका नेपाली रहेका छन् । यस्ता व्यक्तिको सहजीकरण कसरी गर्ने भनेर छलफल सुरु भइरहेको र नेपाल सरकार, सम्बन्धित निकायले नजिकबाट नियाली रहेको जनाइएको छ  ।

Advertisement:

Ad
Ad


हालसम्म मध्यपूर्वमा जारी घटनाबाट कोही नपाली पनि हताहति नभएको  परराष्ट्र मन्त्रालयले जनाएको छ । मध्यपूर्वमा रहेका नेपालीको परिवारलाई पनि नआत्तिन मन्त्रालयले आग्रह गरेको छ ।