२०८२ असार ११ गते
काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गरेको छ । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
यस्तो छन्, मन्त्रिपरिषद्को बैठकका निर्णयहरुः
१.उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने,
२.२०८२ असार १५ गतेदेखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,
३.सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू श्री कालीदास धौवजी र श्री कुमार न्यौपानेको पदावधि थप गर्ने,
४.नेपाल सरकारका पूर्व मुख्यसचिव श्री शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ गठन गर्ने,
५.२०८२ असार १३ गतेदेखि असार २९ गतेसम्म इटालीको रोममा आयोजना हुने 44th session of the FAO conference तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने,
६.कर्जा असूली न्यायाधिकरणको अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक र सेवा सर्त तथा कार्यसञ्चालन सम्बन्धी व्यवस्था, २०८२ स्वीकृत गर्ने,
७.२०८२ असार १४ गते जर्मनीको बोनमा आयोजना हुने ३६ औं नेपाल डे कार्यक्रममा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
८.अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने,
९.नेपाली सेना तर्फ दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक रथीको उपरथीमा बढुवा गर्ने र दुईजना उपरथीहरूको सरुवा गर्ने,
१०.२०८२ असार ९ गतेदेखि ११ गतेसम्म जनवादी गणतन्त्र चीनको ल्हासामा आयोजना हुनेमा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने,
११.अवैतनिक वाणिज्यदूत सम्बन्धी (छैटौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने,
१२.नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने,
१३.राष्ट्रिय खेलकुद नीति, २०८२ स्वीकृत गर्ने,
१४.तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने,
१५.निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू श्री भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव पदमा, श्री माहादेव पन्थको निर्वाचन आयोगको सचिव पदमा, श्री शोभाकान्त पौडेलको महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रक पदमा र डा. खगेन्द्रप्रसाद सुवेदीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा सरुवा गर्ने ।
प्रतिक्रिया