लक्ष्मीपूजाको दिन बिजुली व्यवस्थापनको जानकारी लिन फिल्डमै खटिए कुलमान

२०८२ कात्तिक ०४ गते

लक्ष्मीपूजाको दिन बिजुली व्यवस्थापनको जानकारी लिन फिल्डमै खटिए कुलमान

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ ।

 

Advertisement:

Ad
Ad

सोमबार साँझ अबेर नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएको ऊर्जामन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

 

ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलगायत टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

 

विसं २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रुपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।