२०८२ साउन २७ गते
काठमाडौँ । गृह मन्त्रालयका १५ कर्मचारीको हाजिरी काटिएको छ। मन्त्रालयले खटाएको कार्यालयमा जान अटेर गरी बसेका १५ कर्मचारीहरुको डिजिटल र रजिस्टरको हाजिरी काटिएको हो। यही साउन १५ गते गृह मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयमा जगेडामा रहेका उनीहरूलाई पदस्थापना भएको कार्यालयमा उपस्थित हुनका लागि २४ घण्टे उर्दी जारी गरेको थियो।
यसरी हाजिरी काटिने कर्मचारीमा ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृत रहेका छन्। अटेर गरी मन्त्रालयमै बस्ने १५ जनालाई दबाब स्वरूप यही साउन २० गतेबाट लागू हुनेगरी हाजिरी काटिएको गृह मन्त्रालय स्रोतले बताएको छ। गृह मन्त्रालयमा हाजिरी काटिने शाखा अधिकृतहरूमा मानकुमार बुढा, भागवतप्रसाद रेग्मी, शिला तिमसेना, युगेशकुमार यादव, बाबुराम पन्थी, दलबहादुर बस्नेत, मोहनप्रसाद निरौला, आनन्द विष्ट, सुन्दर बान्तवा, युवराज कट्टेल, खगराज गौतम र ४ जना नायब सुब्बाहरू छन्। त्यस्तै नायब सुब्बाहरू कमल आचार्य, कृष्ण भट्टराई, विष्णु पौडेल, रामबाबु बराल र सुवास पौडेल रहेका छन्।
प्रतिक्रिया