कामना सेवा विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

२०८३ वैशाख २५ गते

कामना सेवा विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

 

Advertisement:

Ad
Ad

बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम तथा विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारका स्टेशनरी सामाग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताउनुभयो ।

 

उहाँले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले व्यक्त गर्नुभएको छ । 

 

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ  ।