२०८३ वैशाख १७ गते
काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
रोल्पा जिल्ला थवाङ गा.पा. १ जलजलामा रुकुम पुर्ववाट जलजला तर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खस्न गई घटनास्थलमा १७ जनाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया