२०८२ असोज २७ गते
काठमाडौँ । करिब २ वर्षदेखिको गाजा र इजरायलको युद्ध अन्त्य भएको छ । यो युद्ध अन्त्य गराउन महत्वपूर्ण भूमिका खेलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज सोमबार हुन गइरहेको इजरायली बन्दीहरुको रिहाई कार्यक्रममा भाग लिन तेलअबिव जाँदै छन् । उनले इजायलको सिनेटलाई सम्बोधन गर्ने कार्यक्रम छ । गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ ।
सम्झौता अनुसार पहिलो चरणमा इजरायलका करिब २० जना जीवित बन्धकहरू र २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी रहेको छ ।त्यसैगरी इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्नेछ ।इजरायलको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ ।
उक्त समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास पनि रहनेछन् ।
प्रतिक्रिया