सुनको मूल्यमा गिरावट, तोलामा ३ हजारले घट्यो

२०८३ वैशाख १५ गते

सुनको मूल्यमा गिरावट, तोलामा ३ हजारले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्दै २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार भने सुन तोलाको ३ लाख ५ सय रुपैयाँमा किनबेच भएको थियो।

 

Advertisement:

Ad
Ad

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा १०० रुपैयाँले घटेर ४९४५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि सोमबार चाँदी तोलाको ५०४५ रुपैयाँमा कारोबार भएको थियो।