२०८२ माघ २८ गते
काठमाडौँ । नेपाली इन्जिनियरद्वारा निर्मित नेपालकै पहिलो एकीकृत डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक भएको छ। ग्लोबल डायरीमा सञ्जाल, व्यक्ति, समुदाय र व्यवसायलाई एउटै डिजिटल संरचनामा जोड्ने गरी बनाइएको उक्त डिजिटल प्लेटफर्म
सार्वजनिक गरिएको हो ।
नेपालमा व्यवसाय लिस्टिङ, रोजगारी, समाचार, कार्यक्रम र स्थानीय सेवा सम्बन्धी प्लेटफर्महरू छुट्टाछुट्टै सञ्चालन हुँदा देखिएको डिजिटल विभाजन अन्त्य गर्ने उद्देश्यले यो प्लेटफर्म ल्याइएको कम्पनीले जनाएको छ।ग्लोबल डायरीमार्फत प्रयोगकर्ताले आफ्नै डिजिटल प्रोफाइल निर्माण गरी भेरिफाइड नेटवर्कसँग जोडिन, रोजगारी तथा फ्रीलान्स अवसर खोज्न, सीप तथा अनुभव प्रचार गर्न र स्थानीय कार्यक्रमबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको कम्पनीका अध्यक्ष शेखर अर्यालको भनाई छ ।
साना तथा मध्यम व्यवसाय एसएमईले यो प्लेटफर्ममा निःशुल्क डिजिटल उपस्थिति जनाउन सक्ने, सस्तो र सुलभ मूल्यमा प्रचार–प्रसार गर्न सक्ने तथा प्रत्यक्ष ग्राहक पहुँच विस्तार गर्न सक्ने साथै कर्मचारी भर्ना, ब्रान्ड निर्माण र मार्केटप्लेस मार्फत बस्तु तथा सेवा बिक्री सुविधा उपलब्ध गराइने कम्पनीका सीईओ भगवानदास अग्रहरीले बताएका छन् ।
अग्रहरीका अनुसार यो डिजिटल प्लेटफर्मले भड्किलो अश्लिल तथा नकारात्मक प्रचार सामग्री नियन्त्रणमा विशेष ध्यान दिने र प्रयोगकर्ताको डेटा गोपनीयता सुरक्षित राख्ने दाबी गरेका छन् ।
प्रतिक्रिया