२०८२ भदौ ०८ गते
काठमाडौँ । रौतहट गौरको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको छ ।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा फेला परेको डोरीले बाँधिएको सुटकेसमा अन्दाजी ३० वर्षिया महिलाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले सुटकेस खोलेर हेर्दा कोचेर राखेको अवस्थामा महिलाको शव भेटिएको हो । महिलाको पहिचान खुलेको छैन ।
प्रादेशिक अस्पताल गौरमा रहेको शवका बारेमा अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।
प्रतिक्रिया