फेसबुक लगायत सामाजिक सञ्जाल दर्ता गर्न सरकारले दिएको अल्टिमेटम रातिनै सकियो, यस्तो छ सरकारी तयारी

२०८२ भदौ १९ गते

फेसबुक लगायत सामाजिक सञ्जाल दर्ता गर्न सरकारले दिएको अल्टिमेटम रातिनै सकियो, यस्तो छ सरकारी तयारी

काठमाडौं । फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । सञ्चार मन्त्रालयले दर्ता हुन अटेर गरेका सामाजिक सञ्जालहरुलाई सम्वन्धित दुर सञ्चार प्राधिकरणसँग समन्वय गरेर आज बिहीबारदेखि क्रमश बन्द गर्ने जनाएको छ ।यसबारे मन्त्रीस्तरीय निर्णय आज हुने जनाइएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न सूचीकरण अनिवार्य गर्दै दिइएको सात दिनको म्याद बुधबार राति सकिएको हो।