एलिनालाई माझी औँला देखाउनेलाई महोत्सवबाट निकालियो

२०८३ वैशाख २० गते

एलिनालाई माझी औँला देखाउनेलाई महोत्सवबाट निकालियो

काठमाडौँ । गायिका एलिना चौहानमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरी लगाएर महोत्सवस्थलबाट बाहिर निकालिएको छ ।

 

Advertisement:

Ad
Ad

दैलेखमा आयोजित महोत्सवमा गायिका एलिनाले सांगितिक प्रस्तुती दिने क्रममा माझी औँला देखाएर अभद्र व्यवहार गरेका ती युवकलाई एलिनाकै निर्देशनमा सुरक्षाकर्मी र आयोजक लगाएर कार्यक्रमस्थलबाट बाहिर निकालिएको चौहानले आफ्नो सामाजिक सञ्जालमा बताएकी छिन् । एलिनाले आफूमाथि पीडा दिने हिसावले पुगेका ती युवकको हर्कत असह्य भएर हटाउन लगाएको पनि उल्लेख गरेकी छिन् ।