२०८२ असार १९ गते
काठमाडौँ । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई जथाभावी लेख्ने गुञ्जन राईलार्ई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एकजना समातिएको अवस्थीले जानकारी दिए ।
पक्राउ परेका राई कवि पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए ।
प्रतिक्रिया