सिंहरबार जल्दा प्रहरीले पानी ल्यायो तर बालेनले दमकल ल्याएनन् : दुर्गा प्रसाइँ

२०८२ कात्तिक ०९ गते

सिंहरबार जल्दा प्रहरीले पानी ल्यायो तर बालेनले दमकल ल्याएनन् : दुर्गा प्रसाइँ

काठमाडौँ । राजावादी आन्दोलनका अभियन्ता दुर्गा प्रसाइँले जेनजी आन्दोलनका क्रममा सिंहरबार जलिरहँदा काठमाडौँ महानगरका मेयर बालेन साहले आगो निभाउन उदासिनता देखाएको आरोप लगाएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलन विदेशीको इशारा अनुरुप भएको जिकिर गर्दै काबु बाहिर गएर भड्किएको जेनजीहरुले नै पत्तो नपाएको दाबी गरेका छन् ।

 

Advertisement:

Ad
Ad

उनले ऐतिहासिक धरोहर जल्दा आगो निभाउन तत्परता नदेखाउनुले आन्दोलन नेपालीको चाहना भन्दा विदेशीको ईशारामा चलेको आरोप लगाएका हुन् । प्रसाइँले देश यतिबेला आगोको भुंग्रोमा फसेको बताउँदै निकासका लागि राजाको नेतृत्वमा शासन अपरिहार्य रहेको बताएका छन् । यसका लागि आवश्यक परे आन्दोल गर्न र नेतृत्व लिन तयार रहेको उनको भनाई छ ।