२०८२ कात्तिक ०२ गते
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अहिले उत्पन्न परिस्थिति दुई दिनको तमासा भएको तर्क गरेका छन् ।
उनले आफूलाई त्यस्तो तमासाले कुनै असर नपार्ने प्रतिक्रिया दिए ।राजधानीमा आइतबार सञ्चार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ’यो दुई दिनको तमासा हो। म किन अँध्यारो मुख लगाउनु र?’ उनले थपे, ’१४ वर्षको उमेरदेखि म देश बनाउन हिँडेको मान्छे हुँ। मैले गोलघरमा बसेको छु। मलाई केही कुराले दुख दिँदैन, न मलाई दुखको अनुभूति हुन्छ।’
प्रतिक्रिया