कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु

२०८२ भदौ १३ गते

कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु भएको छ । 

आज दिउँसो खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं।१५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चारै जना नदीमा डुबेको उनले बताए । 

Advertisement:

Ad
Ad

उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए ।  नदीमा नुहाउन गएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ ।