एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ

२०८२ कात्तिक १२ गते

एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ

काठमाडौं । नेकपा (एमाले)का पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई आर्थिक हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले मंगलबार ललितपुरबाट पक्राउ गरेको छ।

 

Advertisement:

Ad
Ad

सीआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार प्रभु ग्रुपमार्फत प्रभु रेमिट्यान्स र सहकारी संस्थाको रकम हिनामिना गरिएको उजुरीका आधारमा भट्टचनलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।

 

देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाबाट प्रभु म्यानेजमेन्ट प्रालि मार्फत गरिएको रकम भुक्तानी नपाएको उजुरी परेपछि काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

 

प्रहरीका अनुसार भट्टचनले प्रभु मनि ट्रान्सफर प्रालिका सञ्चालकको हैसियतमा विप्रेषण कारोबारमा विनियमावलीविपरीत काम गर्दै सहकारीमार्फत पठाइएको रकम सोधभर्ना नगरी हिनामिना गरेका थिए।

 

६२ वर्षीय भट्टचनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।