२०८२ कात्तिक ०३ गते
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्।फागुन २१ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री कार्कीले दलहरूसँग वार्ता गर्न लागेकी हुन्।
वार्ताका लागि कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे राष्ट्रिय मान्यता प्राप्त सात वटा दललाई बालुवाटारमा बोलाइएको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको छ।
यस छलफलमा विघटित संसदका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल ९उपेन्द्र यादव० का प्रतिनिधिहरू बोलाइएको हो।
प्रतिक्रिया