२०८२ असोज ३१ गते
काठमाडौँ । जेनजी आन्दोलनको अगुवा मिराज ढुंगानाले दल खोल्ने घोषणा गरेका छन् ।जेनजी आन्दोलनको आह्वान गरेर चर्चामा रहेका मिराजले आज सामाजिक सञ्जालमार्फत भोलि शनिबार एभरेष्ट होटल बानेश्वरमा पत्रकार सम्मेलन मार्फत गर्दै दलको नाम सार्वजनिक गर्ने घोषणा गरेका हुन् । उनले आफू सहकारी पीडितको समस्यामा निकै गम्भीर बनेको बताउँदै सहकारी पीडित, मिटरब्याज पीडित र मुलुकमै बसेर गरिखाने वातावरण बनाउने गरी अघि बढ्न े उल्लेख गरेका छन् ।
ढुंगानाका अनुसार दल खोलेपनि निर्वाचनमा सहभागी हुन भने उनले सरकारसँग प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न,विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था गर्न लगायतका माग पुरा गर्न दवाब दिने बताएका छन् ।
प्रतिक्रिया