२०८३ वैशाख १९ गते
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने चेतावनी दिएका छन् । ट्रम्पले पाम बिचेस डिनरको फोरम क्लबमा बोल्दै क्युबामा प्रशस्त समस्याहरू रहेकाले उक्त कदम चाल्नुपर्ने बताएका हुन् ।
‘क्युबालाई लगभग तुरुन्तै कब्जा गर्नेछौं। क्युबामा समस्याहरू छन्। हामी पहिले समाप्त गर्नेछौं,’ उनले भने। यसअघि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘क्युबा सरकारको नीति, अभ्यास र कार्यहरूले अमेरिकाको लागि असामान्य र असाधारण खतराको रूपमा निरन्तरता दिइरहेका छन्। यी नीति, अभ्यास र कार्यहरू स्वतन्त्र र लोकतान्त्रिक समाजको नैतिक र राजनीतिक मूल्यमान्यताहरू प्रतिकूल पनि छन्।’
क्युबाली सरकारले डोनाल्ड ट्रम्पले लगाएको नयाँ प्रतिबन्धहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ । ‘क्युबाली जनतामाथि सामूहिक दण्ड’ लगाउने उद्देश्यले एकतर्फी जबरजस्ती गरिएको’, क्यूबाले जनाएको हो । क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भने,‘अमेरिकी प्रयासहरु बाह्य प्रकृतिका छन् र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गर्ने किसिमका छन् । अमेरिकालाई क्युबा वा तेस्रो देश वा संस्थाहरू विरुद्ध प्रतिवन्द लगाउने कुनै अधिकार छैन ।’
]
ह्वाइट हाउसले क्युबाप्रतिको आफ्नो नीतिलाई थप कडा बनाउने संकेत गरेको केही घण्टापछि यो टिप्पणी आएको हो। यसअघि शुक्रबार ट्रम्पले क्युबाली सरकारमाथि प्रतिबन्धहरू विस्तार गर्न आदेश दिएका थिए । (एएनआइ)
प्रतिक्रिया